अमीर के.सी,काठमाडौं:- -After School Nepal द्वारा आयोजित “The Readers Meet: Chapter 6” यही माघ ५, २०८१ मा सिनामंगलस्थित सेन्ट्रल कलेजमा आयोजना हुँदैछ। पुस्तक प्रेमीहरूका लागि विशेष रूपमा आयोजना गरिने यस कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका चार चर्चित पुस्तकहरू—अविजित, शाडेनफ्रोयडा, A Person Kissed by the Moon, यौटा सपनाको अवसान —लाई मुख्य चर्चा केन्द्रमा राखिएको छ।

कार्यक्रम बिहान ११:०० बजे सुरु भएर दिउँसो १:०० बजेसम्म सञ्चालन हुनेछ। यस अवसरमा साहित्यप्रेमीहरूले लेखकहरूसँग अन्तरक्रिया गर्दै पुस्तकहरूप्रतिको आफ्नो अनुभव र विचार साझा गर्न पाउनेछन्।
कार्यक्रमको विशेष आकर्षण लोकप्रिय साहित्यकार विप्लव प्रतिकको उपस्थिति हुनेछ। उनले आफ्नो लेखन यात्राबारे प्रेरणादायक संवाद गर्नेछन् र नेपाली साहित्यलाई थप सम्बृद्ध गर्न युवापुस्तालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको बुक पार्टनरको रूपमा newroadbookstore Rajesh Gajurel रहेको छ। After School Nepal ले “The Readers Meet” कार्यक्रमलाई पुस्तकहरूप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको हो।
थप जानकारीका लागि सम्पर्क नम्बर ९८५११०४६२६ मार्फत सम्पर्क गर्न सकिनेछ।
स्थान:-Central college,sinamangal ,Kathmandu