सुखड/ पौष २७ : नदि किनारमा गिट्टि कुटेर गुजारा चलाउदै आएको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-९ को एक अति बिपन्न परिवारलाइ २५ हजार बराबरको जाडोयामको लुगा कपडा तथा खाधान्न सहयोग गरिएको छ ।

स्विजरल्याण्डमा बस्दै आउनुभएकि एनआरएन स्विजरल्याण्डकि पुर्व अध्यक्ष शुभ एल्मर लामाको सक्रीयतामा तथा स्विस नागरिक मार्टिना खम वल्टरको आर्थिक सहयोगमा सहयोग नेपालका अध्यक्ष युवा समाजसेवी प्रकाश मिश्रले हस्तान्तरण गर्नुभएको हो ।
घोडाघोडी नगरपालिका-९ बस्ने भुपिन्द्रा शाहिको परिवारमा परेको आर्थिक समस्या तथा अवस्था देखेर सहयोग गर्न पाउदा निकै खुशि लागेको समाजसेवी मिश्रले बताउनुभयो ।
शाहीको परिवारलाइ २ सेट ब्ल्यान्केट, तातो लुगा,ट्र्याक सुट,तातो पस्मिना कुर्ता सुरवाल, २ कट्टा चामल,३ कट्टा पिठो,१ कट्टा सोयाबिन,१० लिटर खानेतेल ,दाल,नुन, लुगाधुने सोडा,चिनि चियापत्ती सहयोग गरिएको मिश्रले जानकारी दिनुभयो ।
सहयोग पाएपछि शाहिले आफुहरुलाइ सहयोग गर्ने मार्टिना खम वल्टरलाइ धन्यवाद व्यक्त गर्दै यो सहयोग अमुल्य रहेको र कहिले नबिर्सने बताउनुभयो ।
स्विजरल्याण्डमा बस्दै आउनुभएका शुभ एल्मर लामाले यसअघि कैलालीका बिभिन्न स्थानमा सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्र मार्फत असाहय तथा बिपन्न नागरिकहरुलाइ सहयोग गर्दै आउनुभएको थियो ।