काठमाडौँ । गृह मन्त्रालयबाट दिइने पेस्की रकमबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा गृह मन्त्रालय र मातहतका कार्यालयहरूले ३ अर्ब ३४ करोड ३४ लाख पेस्की दिएको भेटिएको छ ।महालेखाको ६१ औँ प्रतिवेदन अनुसार वर्षान्त नाघेको पेस्की ३ अर्ब ३१ करोड ६३ लाख र म्याद ननाघेको पेस्की १४ करोड ७० लाख रहेको छ ।
वित्तीय उत्तरदायित्व नियमावली अनुसार पेस्की फर्स्योट गरेर हिसाब फरफारख गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार ०७:२९