काठमाडौं- नेपाली संगीत क्षेत्रमा नयाँ र आकर्षक गीत ” रमेश बिकको काछ राजा कोटको” सार्वजनिक भएको छ। यस गीतमा आवाज दिएका छन्,गायक रमेश बिक र गायिका रेखा जोशीले। गीतको लिरिक्स भने, युवा संगीतकार प्रेम मल्लले गरेका छन् । जसले संगीत पनि तयार गरेका छन्।

यस गीतको निर्माण कार्यमा अरेंजरको रुपमा कृष्ण बाजुरेली रहेका छन्, र “द इरा”स्टुडियोमा यो गीतको रेकर्डिङ प्रक्रिया सम्पन्न भएको हो।
गीतको भिडियोमा रमेस बिक र मनिषा रावल प्रमुख कलाकारका रुपमा देखिएका छन्। भिडियोको क्यामेरा कार्य दया चौधरीले सम्हालेका छन, र निर्देशन गरेका छन, रमेश बिजुली बिसीले।
यस गीतका कलाकारहरुको मेकअप सृजना ले गरेकी छिन्, भने सम्पादन कार्य संकर साउदले गरेका छन्। पोस्टर डिजाइन र कलरको काम पनि संकर साउदले गरेका छन्, जसले गीतको दृश्यलाई अझ आकर्षक बनाएको छ।
“रमेश बिकको काछ राजा कोटको” गीतलाई संगीत प्रेम मल्लको अनौठो र रचनात्मकता देख्न पाउँछ। यस गीतको प्रकाशनले नेपाली संगीतलाई एक नयाँ दिशा दिएको छ, र यसलाई सबैको माया प्राप्त हुने विश्वास गरिएको छ।
गीतको भिडियो युट्युबमा उपलब्ध छ र नेपाली म्यूजिक च्यानलहरूसँगै अन्य सामाजिक मिडिया प्लेटफर्महरूमा पनि सक्रिय रूपमा प्रचार भइरहेको छ। युट्युब च्यानल “रमेश बिजुली बि सी “मा “रमेश बिकको काछ राजा कोटको” भिडियो हेर्न सक्नुहुन्छ।