काठमाडौं । आपराधिक लाभ हानीको कसुरमा समातिएका व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सकिएको छ ।गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै दायर रिटमाथि न्यायाधीशद्धय सारंगा सुवेदी र नहकुल सुवेदीको इजलासमा सुनुवाई भएको हो ।

यसअघि सुनिलकुमार पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत साता उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।
साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुन: पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।