काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन दुई हजार रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित :- २०८१ मंसिर २६, बुधबार ०५:४५