नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् । राजनीतिक दलका नेताहरुमध्ये विदेश यात्रामा बढी यात्रा गर्न रुचाउने आरोप खेपेका अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्ततः चीन यात्रा नगर्ने भएका हुन् ।

पछिल्लो समय नेपालको राजनीतिक परिस्थितिका कारण अध्यक्ष नेपालको चीन भ्रमण स्थगित भएको होला भन्ने अनुमान चिनियाँ पक्षले गरेका छन् ।
नेपालका लागि चीनका राजदूत विष्णुपुकार श्रेष्ठले अध्यक्ष नेपालको भ्रमणका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘मैले अध्यक्ष नेपालको भ्रमणबारे छेन्दुतिर बुझ्नु पर्ला । छेन्दुमा नेपालको महावाणिज्य दूतावास पनि रहेको छ ।’