कोलकता । रेमल चक्रवातका कारण कोलकतामा तीन जना घाइते भएका छन् । प्रहरी अधिकारीले बताएअनुसार मानिक्तालामा चक्रवातका कारण तीन जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार मानिक्तालाका कयौँ स्थानमा रुखहरू उखेलिएर ढल्दा सवारी आवागमन प्रभावित भएको बताइएको छ । मुसलधारे वर्षाका कारण कयौँ स्थान जलमग्न समेत बनेको छ ।
मेट्रो रेल र सडकमा सवारी आवागमन अवरुद्ध भएको बताइएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ १४, सोमबार ०७:५७