काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
कसले के अवार्ड पाए ?
- विजेता – कोलकाता नाइट राइडर्स
- उपविजेता – सनराइजर्स हैदरावाद
- ओरेन्ज क्याप (सर्वाधिक रन) – विराट कोहली (७४१ रन, १५ खेल)
- पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)
- मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नरेन (४८८ रन र १७ विकेट, १५ खेल)
- सर्वाधिक चौका – ट्राभिस हेड (६४ चौका, १५ म्याच)
- सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)
- इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)
- सिजनको उत्कृष्ट स्ट्राइक रेट – जेक फ्रेजर–म्याकगुर्क (२३४.०४)
- क्याच अफ द सिजन – रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे ५)
- फेयरप्ले अवार्ड – सनराइजर्स हैदराबाद
- पिच र ग्राउन्ड अवार्ड्स – हैदराबाद
- प्लेयर अफ द फाइनल – मिचेल स्टार्क (३–०–१४–२)
प्रकाशित :- २०८१ जेष्ठ १४, सोमबार ०७:४७