काठमाडौंँ । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले माफी मागेका हुन् ।

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।
प्रकाशित :- २०८१ जेष्ठ १४, सोमबार ०७:००