कैलाली र कञ्चनपुरबाट एकैदिन ६ लाख ७ हजार ६२० मुुल्य बराबरको अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र बैयाबेहडी, धनगढी उपमहानगरपालिका–३ मिलनचोक र ट्राफिक चौराह नजिक, टीकापुर नगरपालिका–९ बटनपुर र पायलगाउँ र भजनी नगरपालिका–८ सोनाफाँटाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ४७ हजार ९९० मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त स्थानबाट प्याज, चिनी, मिश्री, सुर्ती, सरफ, पास्ता, खुर्सानी, लेदर बेल्ट, बेल्टको कडा, टेन्ट सेट कपडा, साइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–९ जमुनाडी, कृष्णपुर नगरपालिका–३ देखतभुली, दोधारा चाँदनी नगरपालिका–१ फोर लाईन पुल नजिक र पुनर्वास नगरपालिका–१ भकुण्डाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो।
कञ्चनपुरबाट ३ लाख ५९ हजार ६३० बराबरको प्याज, चिनी बिडी, सुर्ती, लेडिज कुर्ता, जेन्स टि–सर्ट, मिठाई, कुखुराको चल्ला, माछा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।