काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ ।
चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित :- २०८१ जेष्ठ १३, आईतवार ०५:२९