काठमाडौं– असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ बोलको गीत अहिले निकै चर्चामा छ । धेरैले यो गीतको भिडियोमा टिकटक र रील भिडियो बनाइरहेका छन् ।

यसैक्रममा गायिका समिक्षा अधिकारीले पनि यो गीतमा टिकटक बनाएकी छिन् । यो गीत त्यसै भाइरल भइरहेको समयमा समिक्षाले भिडियो बनाएपछि झनै आगोमा ध्यू थपिए झैँ भएको छ ।
अहिले यही गीतको भिडियोमा टिकटक बनाएका कारण समिक्षा पनि भाइरह नै भएकी छिन् । उनको टिकटक भिडियोमा धेरैले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । कतिले यो गीत समिक्षाले गाउन पाएको भए सुनमा सुगन्ध हुने भन्दै कमेन्ट गरेका छन् भने कतिले नायक पल शाहलाई मेन्सन गर्दै गाली समेत गरेका छन् ।
दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक भएको हो । ‘ब्रेकअप सङ’ नाम दिइएको गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायतको अभिनय छ ।
बाबुल गिरीको शब्द, सङ्गीत, एरेन्ज र स्वर रहेको गीतमा सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा देखिएका छन् । गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुड समेत दर्साउन खोजेको छ । दीपक र माग्ने बूढाले ब्रेकअप अङ्कित सुट लगाएका छन् । गीतले ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोश दर्साउँछ ।
‘छक्कापञ्जा ५’ दसैँको फूलपातीको दिन असोज २४ गतेदेखि प्रदर्शन हुदैछ । यो वर्षको प्रतीक्षित सुचीमा रहेको यो फिल्म दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
समिक्षाले ब्रेकअप गीतको अन्तिम लाइन ‘ओई तलाई संसारकै कोही केटीले मनै नपराओस्, मलाई अनेक थरी भन्ने मुखमा किरै परिजाओस्’मा भिडियो बनाएकी हुन् । समिक्षाको यो भिडियोले पल शाह खुत्रुक्कै भएको र पलकै लागि भनेर समिक्षाले टिकटक भिडियो बनाएको धेरैले अनुमान समेत गरेका छन् ।
खैर, जे होस् बेलाबेलामा चर्चामा आइरहने समिक्षा यो पटक पनि ब्रेकअप गीतमा भिडियो बनाएपछि झनै चर्चामा आएकी हुन् ।
https://www.facebook.com/reel/1087030786349246