काठमाडौं : काभ्रेमा एक दम्पतीको हत्या भएको दुखद घटना सार्वजनिक भएको छ।श्रिमान श्रीमती दुबैको बिभत्स हत्या गरिएको अवस्थामा छुट्टाछुट्टै कोठामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको हो ।

महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ ।
तर कसले किन हत्या गर्यो अहिलेसम्म केही खुलेको छैन’ डीएसपी श्रेष्ठले भने ।डीएसपी श्रेष्ठका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।सोमबार राति नै उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार दिउँसो स्थानीय ठाकुर पूजामा सहाभागी नभएपछि घरमा गएर उनीहरु दुबै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।