काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ ९, बुधबार ०६:१४