काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १२ सय रुपैयाँले घटेर एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस अघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित :- २०८१ भाद्र २३, आईतवार ०५:५९