काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४६ अंकले बढेको छ ।

नेप्से ०.२० अंकले बढेर २७ सय ३२.८२ विन्दुमा पुगेको छ । गत बिहीबार १२ अंकले घटेर बन्द भएको नेप्से साताको पहिलो दिन आज भने बढेको छ ।
उक्त सेसनमा ३ करोड ४४ हजार रुपैयाँ बराबरको २५ हजार ६२२ कित्ता शेयर किनबेच भएको छ । प्रि-ओपन सेसनमा ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर १७२ पटक कारोबार भएको छ ।
प्रकाशित :- २०८१ भाद्र २३, आईतवार ०५:३१