धनगढी : कञ्चनपुरमा मादक पदार्थ सेवन गरेका युवकले एक जना पूर्वशिक्षकको हत्या गरेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका(६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक९डीएसपी० उमेश जोशीले जानकारी दिए ।
उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।