काठमाडौँ – स्मार्ट फोन ब्रान्ड ओप्पोले नेपाली बजारमा दुई स्मार्टफोन सार्वजनिक गरेको छ। बुधबार काठमाडौँमा एक कार्यक्रम गरी ओप्पोले नयाँ एआई फोन रेनो १२ र नयाँ ए सिरिजको ओप्पो ए ३ सार्वजनिक गरेको हो।

जसमध्ये रेनो १२ मोडल ओप्पोको रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा र एआई फोनको परिकल्पनालाई तीव्र बनाउन ओप्पोको लागि पहिलो तथा महत्वपूर्ण स्मार्टफोन सार्वजनिक भएको कम्पनीले जनाएको छ।
रेनो १२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च-शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्। जसले गर्दा फोनको लुक आकर्षक देखिने र फोन झर्दा मोबाइलमा आउने समस्या, दबाब, र पानीबाट सुरक्षित रहने छ।
कम्पनकीका अनुसार यी दुई मोडलहरुमा ४एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म रहेको हुँदा विशेष पावर दक्षता प्रदान गर्ने छ।
१२ जीबी र्याम र ५१२ जीबी रोम रहेको रेनो १२ बुधबारदेखि देशका हरेक रिटेरलमा उपलब्ध छ।
यसमा ८० वाटको सुपरभुक्ट्म फ्ल्यास चार्जले उच्च इनर्जी डेन्सिटी भएको ५हजार एमएएचको ब्याट्रीलाई दश मिनेटमा१% देखि ३२% सम्म मात्र चार्ज गर्न सकिने र १००% चार्ज गर्न ४६ मिनेट समय लाग्ने कम्पनीको भनाइ छ।
यस वर्षको शुरुवातमा, ओप्पोले प्रयोगकर्ताहरुलाई उच्च स्तरका फ्लागशिप स्मार्टफोन भन्दा बाहिरको एआई क्षमताहरू ल्याउने प्रतिबद्धता व्यक्त अनुसार रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको कम्पनीको भनाइ छ।
यस प्रयास स्वरुप ओप्पोले गुगल, माइक्रोसफ्ट, मिडियाटेक, क्वालकम, र अन्य साझेदारहरूसँग मिलेर एआई फोनहरू ल्याउनलार्ई तिव्र रुपमा काम गरिरहेको जनाएको छ।
यो स्मार्टफोनमा अपडेट गरिएको एआई इरेजको मद्दतले प्रयोगकर्ताहरूले अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन्।
यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ। एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरु जस्ता विवरणहरूलाई पुर्नस्थापित गर्दछ।
अर्को तर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ, जसले गर्दा कुनै पनि ग्रुप फोटो खेर नजाने कम्पनीकाे दाबी छ।
यसैगरी एआई स्टुडियोको मद्दतबाट प्रयोगकर्ताहरूले आफूलाई काउब्वाइ, साइबरपंक मेग्य स्टार, तथा नयाँ जेन एआई क्षमताहरूको प्रयोग गर्दै अन्य धेरै शैलीहरूमा पुनःकल्पना गर्न सक्नेछन्।
रेनो १२ मा एआई समावेश गरेर थप दक्षता र रचनात्मकता ल्याएको छ। स्मार्ट साइडबारमा गुगल जेमिनी र लार्ज लाङ्ग्वयज मोडल एलएलएममा आधारित, एआई टुलबक्स थपिएको छ।
जेमिनी र लार्ज लाङ्ग्वयज मोडलको प्रयोग गरेर स्क्रिनमा भएका सामग्रीलाई सोसल मिडियाको लागि बनाउन अथवा लामो लेखहरूको कन्टेन्ट समराइजलाई बुझ्न र त्यसअनुसार एआई सुविधाहरू सिफारिस गर्न सकिने छ। जस्तै एआई रेकर्डिङ समरी टुलको प्रयोग गरेर भ्वाइस रेकर्डबाट टेक्स्ट पनि निकाल्ने सकिने छ।
रेनो१२ को अगाडि स्पेस–एज सिल्भर एक्सटेरियरको वरिपरि केन्द्रित बोल्ड डिजाइन र पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ। जसले पोखरीमा पानी बग्ने थ्रीडी जस्तो अनुभूति सिर्जना गर्न सकिने कम्पनीकाे भनाइ छ।
सिल्भर लुकको अतिरिक्त, यो थप दुई कलर अप्सनमा उपल्ब्ध छ। यो फोनमा सनसेट पींकले ओप्पोको ग्राफिक लिक्विड क्रिस्टल प्रयोग गरी २०२४ को कलर अफ द इयर, पीच फज समावेश गरिएको छ। थप क्लासिक लुकको लागि, म्याट ब्राउनले फिंगरप्रिन्ट–रहित फिनिशमा रिच कोको ह्यु फिचर गरिएको छ ।
रेनो१२ प्रोमा, सनसेट गोल्ड र स्पेस ब्राउन दुबैमा दुई- टोन म्याट–ग्लस डिजाइन छ।
यो फोनको इन्च ६.७ र १२० एच जेठ ओल्ड डिस्प्ले रहेको छ। यसमा ओप्पोको प्लास टच प्रविधि थपिएको छ जसले स्क्रिन वा प्रयोगकताहरुले हात भिजेको अवस्थामा पनि स्क्रिनलाई सही रूपमा मोबाइलमा काम गर्न सक्नेछन्।
रेनो १२ मा स्क्रिनलाइ सुरक्षित राख्नको लागि विशेष ड्रप सुरक्षाको साथ कोर्नीङ आर, गोरील्ला आर र ग्लास सेभने आइ राखिएको छ। यसमा ‘आइपी६५’ रेटिङको साथले दुबै मोडेलहरुका धुलो र पानीबाट जोगाउने गर्दछ। ओपनिङ, स्पिकर,युसबी पोर्ट, र सिम कार्ड ट्रे लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूद्वारा फोनहलाई वाटरप्रुफ र अझ बढी बलियो बनाइएको छ।
यसमा सोनी एलवाइटी–६०० सेन्सर रहेको छ। पोट्रेट फोटोको लागि २एक्स सम्म जूम गर्न सकिने छ।
रेनो१२ मा फ्ल्यास स्न्यापसट फिचर पनि रहेको हुँदा फोटोहरूलाई थप यथार्थपरक लाइटिङ इफेक्ट र न्याचुरल स्किन टोनहरू सहितको फोटो खिच्न सकिन्छ।
३० एफपीएस मा ४ के भिडियो र १०८० पी भिडियो, चार गुणा रिजोल्युसनमा आश्चर्यजनक हाई–डेफिनिसन भिडियोको लागि रियर र फ्रन्ट–फेसिङ क्यामेराहरू उपलब्ध छ ।
रेनो १२ कस्टम ४ एनएम मिडियाटेक डिमेन्सिटी ७३००– इर्नजी मोबाइल प्लेटफर्म फिचर गर्ने पहिलो फोन रहेको कम्पीको दाबी छ। यसमा र्याइम भिटा इन्जिन एप रहेको छ। जसले गर्दा ब्याकग्राउन्ड एपहरूलाई एक बीट नछोडिकन ७२ घण्टासम्म चलाउन सकिने छ।
रेनो १२ ओप्पोको स्वामित्वमा रहेको एआई लिङ्कबुस्ट प्रविधिको पछिल्लो फोन हो। एआई लिङ्कबुस्ट को नयाँ पुस्ताका लागि, ओप्पोले लगातार स्थिर जडान सुनिश्चित गर्न विश्वव्यापी बजारहरूमा व्यापक स्थानीय परीक्षण र अप्टिमाइजेसन पनि गरेको छ।
यसमा कमजोर सिग्नल वा व्यस्त नेटवर्क भएका क्षेत्रहरूमा नेटवर्क लेटन्सी सुधार गर्ने, वाइफाइ र सेलुलर नेटवर्कहरू बीच सिमलेस स्विचिङ बढाउने, र एलिभेटरहरू वा बेसमेन्टहरूबाट बाहिर निस्कँदा सिग्नल रिकभरीको गति बढाउने जस्ता सुविधाहरु समावेश छ।
फ्लाइङ, सबवे कम्युटिङ, वा माउन्टेन हाइकिङ जस्ता परिस्थितिहरूमा जहाँ मोबाइल नेटवर्क कभरेज उपलब्ध छैन, ओप्पोले ‘बिकेनलीक’ लाई रेनो१२ मा समावेश गरेको छ । ‘बिकेनलीक’ ले २०० मिटरसम्मको दूरीमा सञ्चार गर्न ब्लुटुथ प्रसारणलाई बढावा दिन्छ। रेनो १२को मूल्य ६५ हजार ९९९ रहेको छ।
ओप्पो ए३
यस्तै बुधबार नै सार्वजनिक भएको नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको कम्पीले जनाएको छ।
यो स्मार्ट फोनमा ५ हजार १०० एमएएचको ब्याट्री र ४५ वाटको सुपर भुक्ट्म फ्ल्यास चार्ज रहेको छ। जसले गर्दा फोन ३० मिनेटमा ५०% र ७५ मिनेटमा १००% चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
त्यसैगरी ए३का थप सुविधाहरूमा १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन® टक फोरजी एजजी १ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज रहेका छन्।
ओप्पो ए३ मा डबल–टेम्पर ग्लास सहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्दछ। त्यसैगरी यसमा आइपी५४ रेटेड यी दुई मोडेलहरू वाटर र डस्ट रसिस्टेसन छन् जसले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्दछ।
साथै, स्प्ल्याश टचको पनि सुविधा रहेको छ। यो सुविधा मार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा वा अन्य धेरै दैनिक कार्यहरुमा भिजेको हातले फोन चलाइरहन सक्नेछन् ।
यसको ७.६८ मिमी मोटाइ र लगभग १८६ ग्राम तौल, राइट एङ्गल फ्रेम र २ डी फ्ल्याट–ब्याक कभर रहको छ।
नेपालमा ओप्पो एथ्री दुई भिन्न रंग स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा उपलब्ध छन्। दुबै मोडलहरूमा ६.६७ इन्चको एलसीडी डिस्प्लेले ९० हर्ज रिफ्रेस रेटक रहेको छ।
यसमा ५० एमपी अल्ट्रा–क्लियर क्यामेरा, ५ एमपी सेल्फी क्यामेरा, साथै एआई पोर्ट्रेट रिटचिङ, डुअल–भ्यू भिडियो र थर्ड पार्टी भिडियो रिटचिङ जस्ता कार्यात्मक क्यामेरा रहेका छन्।
६ जीबी र्या–म प्लस १२८ जीबी रोम स्टोरेज भएको भेरियन्टको मूल्य २२ हजार ९९९ र ८ जीबी र्यालम २५६ जीबी रोम स्टोरेज भेरियन्टको मूल्य २७हजार ९९ रहेको छ।