काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले उजुरी या अभियोजन नै दर्ता नभएको मान्छेमाथि समिति बनाउनुपर्ने आवश्यकता नभएको जिकिर गरेका छन् । संसदीय छानबिन समिती बनाउन असमर्थन रहेका लामिछानेले आफ्नो अडाने दोहार्याएका छन् ।

सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मी सँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कहीकतै अभियोजन र आरोप प्रमाणित नभएको अवस्थामा संसदीय छानबिन समिति बनाउन आवश्यक नभएको बताएका हुन् । उनले आफूमाथि उठेका प्रश्नको जवाफ संसदबाट आफू दिन तयार रहेको भन्दै कहीँ कतै बयानमा नपोलिएको र समिति बनाउनुपर्ने कुनै आधार नभएको बताए ।
‘सम्मानित अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरिसकेको मानिस सदनमा आउने । अनि कहीँ कतै अभियोजन नभएको, आरोप प्रमाणित नभएको, उजुरी वाजुरी दर्ता नै नभएको मान्छेको नाममा समिति बनाउनुपर्ने रु यही हो हाम्रो नजिर र संसदीय मर्यादा ?, लामिछानेको प्रश्न छ ।
उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेकै भरमा आफूलाई थुन्नेगरी समिति गठनको कुरा गरिएको आशंका गरे । उनले भने, ‘एकैपटक मान्छेलाई थुनेर डामडुम गरेर कहीँ बोल्नै नदिने, सफाइको मौका त मृत्युदण्ड वा फासीमा झुण्ड्याएको मान्छेले पनि पाउँछ होला नि त ?