कैलाली । सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन् ।१८० मतसहित उनी विजयी हुँदा निरादेवी जैरु पराजित भइन् । उनले ९८ मत पाएकी थिइन् । उनी डडेल्धुराकी हुन् । अर्का उम्मेदवार कृष्ण बहादुर नेपालीले २६ मत पाएका थिए ।अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भएको छैन ।राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत झन्डै साढे दुई दशकदेखि क्रियाशील रहेका उनी यस अघि को पोलिटब्युरो सदस्य थिए ।
