काठमाडौं : केही दिन यता सामाजिक सञ्जालमा क्रिकेटर संदिप लामिछानेका समर्थकहरुको संदिपले बिश्वकप खेल्नपाउनुपर्छ भन्ने एउटै माग छ । नेपालले टी(२० विश्वकपका लागि टीम घोषणा गरेसँगै समर्थकहरूले स्पिनर सन्दीप लामिछानेलाई विश्वकप खेलाउनुपर्ने माग चौर्तफि चर्को रुपमा उठिरहेको छ। उनका समर्थकहरुले र खेलप्रेमिहरु सबैले यतिबेलान्यायका लागि आवाज बुलन्द गरिरहेको पाइन्छ।

१५ सदस्यीय टोलीमा सन्दीप छुटेपछि सामाजिक सञ्जालमा समर्थकहरूको चर्को आक्रोश संगै आलोचना चुलिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सामाजिक सञ्जालका माध्यमबाटै चर्को अक्रोश पोखिहेका छन् भने उनलाई बिश्वपक खेल्न दिनुपर्ने भनि दबाद दिरहेको देख्न सकिन्छ ।सन्दीपले विश्वकप खेल्न पाउने सम्भावना अझै जीवित भएपनि तर यता अदालती ‘छलछाम’ को व्यथा भने अर्को नै छ। उनको मुद्धालाई हेर्न नमिल्ने भन्दै पछाडी धकेलिएको आरोप समेत लगाउन थालिएको छ।
अदालतमा मुद्दा विचाराधीन भएका कारण सन्दीप विश्वकप खेल्ने टीममा पर्न सक्ने अवस्था थिएन । यद्यपि, उनको ढोका पूर्णरुपमा बन्द भइसकेको छैन । अदालतले समयमै फैसला गरेर उनलाई आरोपमुक्त गरेमा पहिलो पटक विश्वकपमा नेपालका स्टार खेलाडी सन्दीपको बलिङ हेर्ने समर्थकहरूको चाहना पूरा हुन सक्छ ।नेपाल क्रिकेट संघ (क्यान) पनि फैसलाको पर्खाइमा छ । कुनै देशले आफ्नो विश्वकप टीममा हेरफेर गर्न सक्ने अन्तिम डेडलाइन मे २५ हो । त्योभन्दा अगाडि नै उच्च अदालतले सन्दीपलाई सफाइ दिएको खण्डमा अन्तिम क्षणमा भए पनि उनलाई समेट्ने क्यानको योजना छ । सन्दीप स्वयम् पनि यही आशामा रहेका छन् । यही आशामा उनले आफ्नो फिटनेसलाई पनि मेन्टेन गरेर राखेका छन् । यतिबेला अदलातको फैसला कुरिरहेका संदिपलाई बिश्वकपमा समेट्न क्यानले चाहेर मात्रै हुने अवस्था छैन । सन्दीपको विश्वकप यात्रा मात्र नभएर उनको सिंगो करिअर नै अदालतको हातमा छ ।
यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेर ८ वर्षको फैसला सुनाएको थियो । उक्त फैसला उच्च अदालतले उल्टाउने आशा सन्दीप, उनका समर्थक र क्यानले गरेका छन् ।उच्च अदालतका न्यायमूर्तिहरुको भने चेष्टा अर्कै छ । कुनै पनि न्यायाधीश सन्दीपको मुद्दा हेर्नलाई हिम्मत देखाइरहेका छैनन् ।
जिल्ला अदालतले गरेको फैसलाको धरातल कमजोर रहेको उनीहरूले बुझेका छन् । तर सन्दीपलाई सफाइ दिँदा केही कहलिएका राजनीतिकर्मी, महिलावादी र केही ठूला मिडियाको निशानामा पर्ने डरले उनीहरू भागाभागको अवस्थामा छन् ।यसअघि जिल्ला अदालतमा पनि यही स्थिति थियो । कयौंपटक स्थगन भएर बल्लतल्ल मुद्दाको फैसला भयो । न्यायाधीश शिशिर ढकालले सन्दीपलाई दोषी ठहर्याएका थिए । तर, उनले बाह्य प्रभावमा परेर बिना प्रमाण फैसला गरेको भन्दै चर्को विरोध भएको थियो । उक्त फैसलालाई सच्याउने वा नसच्याउने अब उच्च अदालतको हातमा छ ।
यदि उच्चले पनि सोही फैसला सदर गर्यो भने सन्दीपले विश्वकपमा जान मात्र होइन, क्रिकेट खेल्न पनि वञ्चित हुनुपर्ने छ । उनीले अन्तिम विकल्पका रूपमा सर्वोच्च अदालतमा जान सक्नेछन् ।सर्वोच्चले मुद्दा किनारा नलगाउन्जेल जेल जानु भने पर्दैन । यदि, सन्दीपले सफाइ पाए भने पनि सरकारी पक्ष सर्वोच्च जाने पक्का जस्तै छ । त्यसैले यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्चबाटै हुने हो ।
उच्चमा सन्दीपको मुद्दा सुनवाइ चार पटक स्थगित भइसकेको छ । पहिलो पेसीमा झगडिया झिकाउने आदेश भएको थियो । यो एउटा औपचारिक प्रक्रिया भएकाले प्रश्न उठाउने ठाउँ छैन । तर, त्यसपछिका तीनवटा सुनवाइ स्थगित हुनुमा कुनै औचित्यपूर्ण कारण थिएन । न्यायाधीशहरुले मुद्दाको फैसला आफूबाट पन्छाउन चाहेका छन् ।
दोस्रो पेसीमा गौशाला २६ को जन्ममिति सम्बन्ध कागजात स्थानीय तहबाट फेर मगाउने आदेश दिएर न्यायाधीशले सुनवाइ टारिदिएका थिए । तेस्रो पेशी समयाभावको कारण भन्दै ‘हेर्न नभ्याइने’ मा राखियो । जबकि अदालतसँग मुद्दाको सुनवाइ सुरु गर्न पर्याप्त समय थियो । न्यायाधीशले ठाडै ‘मुद्दालाई हेर्दाहेर्दैमा नराख्ने’ अडान लिएर सुनवाइ सुरु गर्न इन्कार गरेका थिए ।
चौथो पेसी पनि उच्च अदालतका मुख्य न्यायाधीशसमेतको इजलासमा परेको थियो । तर, उनले आफूले हेर्न नमिल्ने भनेर पन्छाएका छन् । झगडिया झिकाउने आदेश आफूले नै दिएको हुँदा स्वार्थको द्वन्द्व उत्पन्न हुने उनको तर्क छ । यद्यपि, उनले हेर्न चाहेको भए कानूनतः कुनै पनि अड्चन थिएन ।सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । उक्त दिन पनि मुद्दाको सुनवाइ होला भनेर ढुक्क हुने अवस्था छैन । तर, सामाजिक सञ्जालमा बढिरहेको दबाबले पक्कै पनि न्यायमूर्तिहरुलाई छोएको हुनुपर्छ ।
थुप्रै चर्चित व्यक्तिहरूले पनि खुलेर सन्दीपको पक्षमा आवाज उठाउन थालेका छन् । अदालतको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न खडा भइरहेको छ । बिश्व सामु नेपालालाई चिनाउने खेलाडी नेपाल आमाको छोरा जसले देशलाई चिनायो उसैलाई बन्धक नबनाउन भन्दै देशको न्यायालयको नै उनका समर्थकहरुले ध्वज्जी उदाइरहेका छन् ।