कैलाली । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
नेपाली सेनाको टोलीले अहिले शङ्कास्पद बस्तु निष्क्रिय पार्ने तयारी गरेको छ । देउवा निवास जाने दुबै सडकहरु बन्द गरिएका छन् । उक्त वस्तु के हो भन्ने कुरा अझै खुलेको छैन।
प्रकाशित :- २०८१ भाद्र ९, आईतवार ०५:०६