काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी भदौ १७ गते वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमिति चयन हुँदै छ ।

नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशीहरूले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्याशी सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनाबी मैदान मा ऊत्रियका छन्।
कुनै पनि राजनीति छेत्रबाट नभयर आफुलाई अरु समुहले समेत समर्थन गरेका छन्। उनी विचारधारामा आधारित नीतिहरूको समर्थक र सामाजिक तथा आर्थिक सुधारका क्षेत्रमा सक्रिय छन्। पाण्डेले प्रगतिशील समूहको नेतृत्व गर्दै समावेशिता, न्याय र सामाजिक उत्थानका लागि काम गर्दै आएका छन्। पाण्डे समूह र सापकोटा समूहले एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरे । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङसमेतले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी ‘बृहत् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले पछिल्लो समय स्थानीय तहले जथाभाबी रूपमा मोटर बाटो खन्दा पदमार्गहरू मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताएका छन् । पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसामयिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।
आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवर्द्धनका लागी आफूले पहल गर्ने पाण्डेको भनाइ छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
टानको अध्यक्षमा उम्मेदवार दिएका सागर पाण्डे को हुन् ?
विस २०२८ सालमा जन्मनुभएका गोरखा भीमसेन थापा गाउँपालिका वडा नं ६ अस्राङ निवासी पाण्डेले विस २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट विएस्सी उर्तिण गरेपछि पर्यटन क्षेत्रमा लाग्नुभएको हो ।
सानै उमेरदेखि केही गरौँ भन्ने भावनाका साथ अगाडि बढ्नुभएका पाण्डेले विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको पार्टनरमा हार्ड रक टे«क्स एण्ड एक्पीडिसन स्थापना गरी नेपालको पर्वतीय पदयात्रा पर्यटनलाई अगाडि बढाउनुभएको थियो ।
साथीसँग काम गर्दागर्दै पर्यटन क्षेत्रको अनुभव बटुल्नुभएका पाण्डेले सन् १९९८ मा आँफैले हिमालयन ग्ल्यासियर टे«किङ स्थापना गर्नुभयो । उक्त टे«किङ कम्पनी हालसम्म पनि सञ्चालनमा रहेको छ ।
टे«किङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गर्नुभयो । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डेको हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौँ होटल, काठमाडौँ ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा रहेका छन् ।
नेपालको पर्यटन क्षेत्रको विकासमा तीन दशकभन्दा लामो अनुभव हाँसिल गर्नुभएका पाण्डेले हाल ५०० भन्दा बढीलाई प्रतक्ष्य रोजगारी प्रदान गर्नुभएको छ । टे«किङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव भएर कुशल भूमिका निर्वाह गर्नुभएको थियो ।