भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ।

त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक९एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ।चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्।
एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक(चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।भारतको पूर्वाञ्चलका विभिन्न जिल्लामा गरी २६ हजारमा एचआइभी पोजेटिभ रहेको पाइएको छ।
भारतमा मात्र नभइ पछील्लो समय नेपालमा पनि ट्याटु व्यावसायिक भएको छ । पछिल्लो समय ट्याटु खोपाउने युवा जमात बढ्दो छ । कतिले यसलाई कलाका रूपमा लिएका छन् भने कतिले फेसन ।अहिले संसारभर ट्याटुको क्रेज बढ्दो छ । पछिल्ला केही वर्षमा त यो क्रोज ह्वात्तै बढेको देखिन्छ ।
आकर्षक देखिन प्रायः युवाहरु विभिन्न अङ्गमा थरीथरी डिजाइनका ट्याटु खोपिरहेका छन् ।रहरै–रहरमा युवायुवतीले आफ्ना पाखुरा, गर्दन वा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने गर्छन् । ट्याटु खोपाउँदा प्रयोग हुने डाईको आफ्नै दुष्प्रभाव छ । निडलको प्रयोग जथाभावी गर्दा रगतबाट सर्ने संक्रमित रोगहरू सर्न सक्ने जोखिम उत्तिकै हुन्छ । ट्याटु बनाउँदा निडलको प्रयोग, सरसफाइमा ध्यान दिनुपर्छ । जहाँ पायो त्यही ठाउँमा गएर ट्याटु हान्नु हुँदैन ।
ट्याटु छालामा खोपेर बनाइने भएकाले यसको प्रभाव प्रत्यक्ष रुपमा छालामै देखिन्छ। विशेषज्ञता हासिल नगरेका वा गुणस्तर मेन्टेन नगरेको ठाउँमा गएर ट्याटु खोप्दा छालामा विभिन्न प्रकारका समस्याहरू देखिने गरेका छन्। छालामा मात्र होइन, ट्याटु खोप्दा आइपर्ने दीर्घकालीन समस्याको बारेमा नसोची आवेगमा आएर ट्याटु खोप्दा मानसिक समस्या पनि निम्त्याउने गरेको विज्ञहरू बताउँछन्।