काठमाडौं– कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनकाे केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।कलाकार विपीनको आज जन्म दिन हो । जन्मदिनको दिन कार्कीले आफ्नी ममतामयी आमा गुमाएका छन् ।

प्रकाशित :- २०८१ भाद्र ६, बिहीबार ०५:०१