ललितपुर– ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको एक घरमा आगलागी भएको छ । स्थानीय अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हाे । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय, तीनवटा दमकल खटिएका थिए । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित :- २०८१ भाद्र ३, सोमबार ०४:३३