काठमाडौँ । सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) मा संलग्नलाई तीन वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव गरिएको छ ।

विधेयकमा कृत्रिम वा झुटो कारोबार गरी सेयरको मूल्य उतारचढाव गराएमा पनि सजायको प्रस्ताव गरिएको छ । यस्तो कार्यमा संलग्नलाई बिगो बमोजिमको जरिबाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव विधेयकमा गरिएको छ । अहिले यस्तो कार्यमा संलग्न हुनेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।