ढोरपाटन (बागलुङ) । निसीखोला गाउँपालिका-६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।
प्रकाशित :- २०८१ भाद्र २, आईतवार ०५:२९