काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेष गरी ज्येष्ठ नागरिकहरुको आँखामा देखिएको समस्याको निःशुल्क शल्यक्रिया गरिएको थियो । व्यवसायी रुपेश पाण्डेको आर्थिक सहयोगमा ७३ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराइएको थियो । गाउँपालिकामा वीरगन्ज आँखा अस्पतालमा सहयोगमा विशेषज्ञ चिकित्सकहरुको टोली शिविरमा खटिएको थियो । “यही साता शिविर सम्पन्न गरिएको हो,” पाण्डेले भने, “विशुद्ध सेवाको भावनाले यो शिविर आयोजना गरेका हौँ ।”

प्रकाशित :- २०८१ श्रावण ३०, बुधबार १२:१२