काभ्रे । एक साता यता काठमाडौंमा मात्र दुई वटा विवाहका घटना चर्चित भए । यी दुवै विवाहमा बेहुला पक्षले बेहुली पक्षलाई धोका दिएको थियो । एउटा विवाहमा त बेहुला अन्तिममा जन्ती लिएर पार्टी प्यालेस नै गएका थिएनन् ।

अब अर्को एउटा घटना यस्तै अचम्मको आएको छ ।काभ्रेमा बिबाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुमा पढ्ने गरेका समाचारको घटना त अब नेपालमा नै भइदिएको छ । धुलिखेल नगरपालिका ३, छापडाँडाबाट बिबाहकै दिन बेहुली फरार भएको बताइएको छ ।
बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको आज २०८१ बैशाख १४ सोही नगरको ४ नम्बर वडाका लक्ष्मण राना मगरसँग बिबाह हुँदै थियो। बिबाहका लागि बेहुला लक्ष्मण जन्ती लिएर जाने तयारीमा थिए । बिबाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुने तय भएको थियो । बिबाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थिए ।जन्ती आउनु अगाडि नै बेहुली थापा मगर भने फरार भएको बताइन्छ । स्रोतका अनुसार, उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन् ।
बेहुली फरार भएपछि बेहुलीका आमा र दिदी प्रहरी नियन्त्रणमा रहेका छन् । बेहुलीको मोबाइल समेत अफ छ । यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पछि