कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्यांकन लागु गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ ।

टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली लागु गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्यांकनका आधारमा मूल्यांकन गरिने शिक्षा अधिकृत नरेश अवस्थीले बताए ।
अब हामी ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्यांकनका आधारमा उहाँहरूको नतिजा आउनेछ, उनले भने, साना नानीबाबुको केही समयको परीक्षाले मूल्यांकन हुँदैन ।
जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्यांकनलाई कडाइका साथ लागु गर्ने जनाएको छ ।हामीले पनि कक्षा ३ सम्म प्रश्नपत्र बनाउन छाडेका छौँ,ु शिक्षा अधिकृत सङ्ग्रामसिंह धामीले भने, शैक्षिक सुधार, गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ ।
शिक्षा अधिकृत धामी कुनै विद्यालयले विद्यार्थीको क्षमता बढाउन प्रश्नपत्रको आधरमा परीक्षा लिए पनि त्यसलाई नतिजाको आधार नबनाइने बताउँछन् ।परीक्षा अन्य प्रयोजनका लागि विद्यालयले लिन सक्नेछन्, उनले भने, परीक्षा त मासिक, साप्ताहिक परीक्षण हुनेछ । तर, कक्षामा लिइएको परीक्षा नतिजामा समावेश हुने छैन ।
जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि निरतनर मूल्यांकन शतप्रतिशत लागु गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ मा प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडी बताए । विद्यालयलाई निरन्तर विद्यार्थी मूल्यांकनका लागि पुस्तिका उपलब्ध गराएका छौँ, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्यांकन हुनेछ,उनले भने, त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ । कतिपय विद्यालयले विद्यार्थी व्यस्त राख्न परीक्षा गरेको देखिन्छ । तर यो आन्तरिक प्रयास मात्र हो ।
टीकापुर, जोशीपुर र जानकीले जस्तै लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट कडाइका साथ निरन्तर मूल्यांकनलाई जोड दिएको छ । गत वर्षबाट लागु गर्ने प्रयास गरे पनि सफल नभएको र यस वर्षबाट भने लागु गरिसकेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताए ।
राष्ट्रिय पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थाअनुसार हामीले गत वर्ष पूर्णरूपमा सबै विद्यालयमा लागू गर्न सकेका थिएनौँ, यस वर्ष सबैमा लागु भएको छ, न्यौपानेले भने, अब कक्षा ४ माथिको मात्र परीक्षा हुन्छ । नि न्तर मूल्यांकनले शिक्षकलाई पनि जिम्मेवार बनाउँछ । रासस