काठमाडौँ । युवा समाजसेवी,सामाजिक अभियान्ता तथा धादिङका सवारि चालक समाजका अध्यक्ष नारायण पन्तले श्रमिकको पेटमा लात हाने राजपथ नै ठप्प पार्ने चेतावनी दिएका छन्।

नागढुङ्गा(मुग्लिन सडक खण्डमा खटिएका श्रमिक मजदुरहरूले सगुन कन्सट्रक्सन लामो समयदेखि भुक्तानी नपाएको गुनासो गरेपछी पन्तले राजमार्ग नै बन्द गर्ने बताएका छन् ।
सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक धमाधम स्तरोन्नति भइरहेको छ ।
नागढुङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको छ । यसैबीच विस्तारित नागढुङ्गा,मुग्लिन सडक खण्डमा खटिएका श्रमिक मजदुरहरूले समयमै भुक्तानी नपाएको गुनासो गरेका छन् ।
सो सडक विस्तार आयोजनाअन्तर्गत नागढुङ्गा(मलेखु सडक खण्डमा कार्यरत श्रमिक मजदुरहरूले निर्माणको जिम्मा पाएको सगुन कन्सट्रक्सनबाट लामो समयदेखि ज्याला रकम ९पारिश्रमिक० नपाएको बताएका हुन् ।
उनीहरूका अनुसार करिब २ सय जना मजदुरहरूले विगत ६ महिनादेखी ज्याला पाएका छैनन् । लामो समयदेखि पारिश्रमिक नपाउँदा समस्यामा परेका छन्।
आफ्नो ज्याला भुक्तानीका लागि पटक पटक निर्माण जिम्मा पाएको कम्पनीलाई अनुरोध गर्दा ज्याला भुक्तानीमा अटेर गरेपछि उनीहरू आन्दोलनको तयारीमा छन् ।
युवा समाजसेवि, एबम सामाजिक अभियान्ता तथा सवारी चालक समाज धादिङका अध्यक्ष नारायण पन्तले बिहीबार मजदुरहरूले सडक विस्तार एवं स्तरोन्नतिको कार्य ठप्प पार्दै सांकेतिक विरोध गरेको र अब पनि ज्याला रकम भुक्तानीमा अटेर भएमा बैशाख १८ गतेबाट राजमार्ग नै बन्द गरी दबाब दिने बताएका छन्।
समयमै श्रमको मुल्य नपाउँदा घर परिवार चलाउन समेत गाह्रो भएको उनीहरूको तर्क छ ।