काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा आलमलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
अदालतले अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
प्रकाशित :- २०८१ बैशाख १४, शुक्रबार ०६:३०