वीरगञ्ज । प्रहरीले १५ हजारभन्दा बढी इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ । भारतका सुदामा प्रसादले भाडामा लिएको पर्साको वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोडमा कोठाबाट भेप बरामद भएको हो । यो भेपको बजार मूल्य ४ करोड ८६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले बताएको छ ।

प्रकाशित :- २०८१ श्रावण २५, शुक्रबार ०९:२०