काठमाडौँ। काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फकिएको छ ।

बिहीबार साँझ ५ :३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौँ फकिएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठुलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो । मौसम खराब हुँदा धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका धनगढी इन्चार्ज बुधराम माझीले जनकारी दिए ।
काठमाडौँबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फकिएको हो ।
प्रकाशित :- २०८१ श्रावण २४, बिहीबार १५:५९