काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध तेस्रो सेट आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपालले तेस्रो सेट २५–२२ जित निकालेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतले दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा उच्च प्रदर्सन गर्दै नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रकाशित :- २०८१ श्रावण २३, बुधबार १२:४४