काठमाडौं- आयोजक नेपालले काभा महिला नेसन्स लिगको उपाधिका लागि अहिले चिर प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा उपाधि भिडन्त सुरु भएको छ । उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई दबाबमा राखेको छ। मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो। लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।
समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।