काठमाडौं– एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको रसुवाबाट काठमाण्डौ आइरहेको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाइलटसहित पाँचजनाको शव भेटिएको पुष्टि गरे ।डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।
को को थिए ?
क्याप्टेन-अरुण मल्ल
चिनियाँ पर्यटकहरू
१. जुदाड टाङ (पुरुष),
२. जिली (पुरुष),
३. जेमिङ सी (पुरुष)
४। यियाद वु (महिला)