काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।

विस्तृत विवरण आउँदै…
प्रकाशित :- २०८१ श्रावण २३, बुधबार ०९:११