काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा एक लाख बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र- (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १ साउन २०८० देखि ३१ असार २०८१ सम्मको तथ्यांक अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् । तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।यस्तै अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन्। ३३ हजार बढीले जापानीज भाषा पढ्नको लागि लिए एनओसी वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार ३३ हजार बढीले जापानीज भाषा अध्ययनका लागि एनओसी लिएका छन् । तथ्यांक अनुसार ३३ हजार ६९७ जनाले जापानीज भाषाको लागि एनओसी लिएका हुन् । त्यस्तैगरी २८ हजार ८९१ जनाले व्यवस्थापन विषय अध्ययन गर्नका लागि, १० हजार २९ जनाले बीजनेस अध्ययनका लागि, सूचना प्रविधि पढ्नका लागि ५ हजार ९११ जनाले, विज्ञान पढ्नका लागि ५ हजार ३८४ जनाले, कम्प्युटर विज्ञान पढ्नको लागि ४ हजार ९९२ जनाले, स्वास्थ्य पढ्नका लागि ४ हजार १५९ जना, विज्ञान प्रविधिको लागि ४ हजार १०२ लगायत विभिन्न विषयमा अध्ययन गर्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।
