काठमाडौं । चर्चित लोकदोहोरी गायिका भूमिका गिरीले पाँच बिरामीको उपचारका लागि ३१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। बझाङका सन्देश कुमार थापा बिदेशमा लडेर टाउकाे खप्पर झिकेका बिरामीलाई रु ११ हजार १ सय ११,सिन्धुपाल्चोककी स्तन क्यान्सर सिर्जना खडकालाई रु ५ हजार ५, रमिता कार्की दोलखा चरिकोटकी मिर्गौला फेल लाई रु ५ हजार ५, नुर्बु शेर्पा संखुवासभा नुनडागिका मिर्गौला फेललाई रु.५ हजार ५ र लीला माया कार्की रामेछाप दुरागाउँकी क्यान्सर पीडितलाई रु ५ हजार ५ पाँच जना बिरामीको उपचारका लागि रु ३१ हजार १ सय ३१ रुपैया सो सहयोग प्रदान गरेकी हुन्। गायिका गिरीले पाँच जना बिरामीको उपचारका लागि थोरै भए पनि सहयोग होस् भनी आफुले सक्ने आर्थिक सहयोग इन्द्रेणी कार्यक्रम मार्फत गरेको बताइन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विगत दिनमा पनि एस्ता खालको सहयोग गर्दै आएकी छिन् गायिका गिरिले। पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि बिरामी उपचारमा समस्या भैरहेको छ उहाँहरुको उपचार सफल बनाउन आफूले सक्ने सहयोग गर्न सबैमा अनुरोध समेत गरेकी छिन् ।
