गोरखा । गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । धार्चे ५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् । पहिरोले जीतको घर पुरिँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका थिए ।

प्रकाशित :- २०८१ श्रावण १४, सोमबार १०:३५