धनगढी । दार्चुलामा खोलामा अड्किएको अवस्थामा एक जना मृत भेटिएका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ को सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा सोही ठाउँको खार बस्ने ३५ वर्षीय मनबिर बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :- २०८१ श्रावण १२, शनिबार ०८:२९