काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको क्याप हटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यो व्यवस्था हटाइएको हो । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको बताए ।

प्रकाशित :- २०८१ श्रावण ११, शुक्रबार ०७:२२