काठमाडौं । चालक दलका सदस्यसहित १९ जना सवार रहेको सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज आज बिहान करिब ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको छ । टेक अफ लिने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटना भएको हो । जहाज सुरुमा देब्रेतर्फ कोल्टिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको थियो ।दाहिनेतर्फ लगभग दुई सय मिटर घिस्रिँदै जहाजले एयर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउन पुग्यो । ह्याङगर्मा रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा पुगेको थियो । दुर्घटनास्थलमा एयर डाइनेस्टीको कन्टेनरसँगै जहाजको ककपिटको भाग रहेको छ । जहाजको पछाडिको भाग त्यहाँबाट टुक्रिएर फेरि सय मिटर पर बजारिएको छ । यो भाग काँडाघारीको बाटो नजिक रहेको छ । जहाज दुर्घटना हुँदा ठूलो आवाज आएको थियो । दुई ठाउँबाट आगो र धुवाँको मुस्लो निस्किएको थियो । तत्कालै जहाजमा अग्निनियन्त्रण र उद्दारकर्मी खटिएका थिए । जहाजबाट क्याप्टेन मनिष शाक्यको भने जिवितै उद्दार गरिएको छ । प्रहरी स्रोतका अनुसार उनी आफैं जहाजबाट निस्किन सफल भएका थिए । उनको टाउकोमा चोट लागेको छ
