काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा अडिएको हो । जुन करिब २८ महिनायताकै उच्च हो । यसअघि अन्तिम पटक २०७८ चैत १६ गते नेप्से परिसूचक २५६८.२५ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रूपैयाँको कारोबार भएको छ ।

प्रकाशित :- २०८१ श्रावण ८, मंगलवार ०९:३८