काठमाडौं । नेपाली कांग्रेस नेतृ एवं कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध गालीगलोज मुद्दा हालेकी छन् ।

आफूविरुद्ध निरन्तर सार्वजनिक सञ्चारमाध्यमबाट गालीगलौज अफवाहपूर्ण अभिव्यक्ति दिएको भन्दै राणाले गत चैतमै जिल्ला अदालत, काठमाडौंमा गालीगलौज मुद्दा दायर गरेकी हुन् । सिंहले आफ्नो सार्वजनिक प्रतिष्ठामा आँच आउने गरी झुठा कुरा बोल्दै हिँडेको आरजुको आरोप छ ।
मुद्दाको साक्षीबकपत्र बिहीबार भएको छ । सिंहले आफूविरुद्ध मुद्दा दायर भएको स्वीकार गरेका छन् । उनले भने आफूविरुद्ध मुद्दा दर्ता भएको बताएका छन् । २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट आफ्नो टिकट काटिएपछि सिंहले राणाविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनले नेपालका सबै ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता हुने गरेको दाबी गर्दै उनलाई पम्फादेवीको संज्ञा दिएका थिए । कांग्रेसबाट टिकट नपाएपछि अमरेश स्वतन्त्र रूपमा चुनाव लडेका थिए ।