काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि बाइडेन अहिले आराम गरिरहेका छन् । राष्ट्रपति बाइडेनलाई उपचारपछि निजी निवासमा आइसोलेट गराइएको ह्वाइटहाउसले जनाएको छ । नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएका छन् । यसअघि पनि बाइडेन दुई पटक संक्रमित भइसकेका छन् । बुधबार लास भेगासको चुनावी सभामा भाग लिएपछि बाइडेनमा कोभिडका लक्षणहरु देखिएका थिए ८१ वर्षीय बाइडेनमाथि उमेद्वार नबन्न चर्को दबाब परिरहेका बेला उनी कोभिड संक्रमित भएका छन् ।
