काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५०० रुपैयाँ थियो ।
यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार ८०० रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँ कायम थियो ।